नबिल बैंकको संस्थापक शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकको संस्थापक शेयर लिलामीमा



काठमाडौं । नबिल बैंक लिमिटेडको जेठ ५ गतेदेखि २८ हजार ९८५ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले अशोक कुमार अग्रवालको नाममा रहेको ९ हजार ४२८ कित्ता, त्रिलोक चन्द्र अग्रवालको नाममा रहेको १० हजार ९५१ कित्ता र तुलसीराम अग्रवालको नाममा रहेको ८ हजार २१० कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो ।

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकहरुले तोकिएको अवधिभित्र के कति रेट कति कित्ता खरीद गर्ने हो सो समेत खुलाई बैंकको केन्दिय कार्यालय तिनधारा, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गुर्नपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार ११:०४