समृद्धि फाइनान्स र भज्जु चुलो बिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

समृद्धि फाइनान्स र भज्जु चुलो बिच सम्झौता



काठमाडाै‌ । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुलो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ। सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावाललाई खाना तथा पेय पदार्थमा रु. ५ हजार सम्मको बिलमा १० प्रतिशत र रु. ५ हजारभन्दा माथिको बिलमा १२ प्रतिशत छुट दिने सम्झौता भएको हो।

सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट संस्थाको चितवन शाखाको शाखा प्रवन्धक विकास सापकोटा र भज्जु चुलोका सञ्चालक पार्वती श्रेष्ठले हस्ताक्षर गरेको संस्थाका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराए।

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरुसमेत सञ्चालनमा ल्याएको छ।

फाइनान्सले हाल ५ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार १७:२०