हट्यो ९ महिना लामो संसदको अवरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

हट्यो ९ महिना लामो संसदको अवरोध



काठमाडौं । नेकपा एमालेले झन्डै ९ महिनादेखि जारी राखेको संसद् अवरोध अन्त्य गरेको छ । बजेट अधिवेशन सुरु भएको दिनबाट एमालेले अवरोध अन्त्य गरेको हो ।

मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको उनले बताए ।

यसअघि संसद बैठकमा अवरोध गर्दै आएको एमालेले बजेट अधिवेशन सुरू भएसँगै अब अवरोध नगर्ने निर्णय गरेको बताइएको छ । एमालेले बजेट अधिवेशनको पहिलो दिन अवरोध गरेन ।

आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदैछ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १७:२२