काठमाडौंमा बालेनको अग्रता कायमै, ११६३२ मत प्राप्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

काठमाडौंमा बालेनको अग्रता कायमै, ११६३२ मत प्राप्त



काठमाडौ‌ । काठमाडौं महानगरपालिकाको जारी पछिल्लो मतगणनाको विवरण अनुसार मेयरमा बालेन साहले अग्रता लिएका छन् । वालेनले ११ हजार ६ सय ३२ मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६३ सय ५९ मत प्राप्त गरेका छन् भने कांगे्रसकी उम्मेदवार सिर्जना सिंहले ५४ सय ८६ मत ल्याएकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोलले १० हजार ४७७ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजा ४८ मत ल्याउँदा राप्रपाकी बिनिता मगैयाले २२ सय २ मत ल्याएकी छिन् ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १६:१४