भरतपुरमा एमालेका सुवेदी भन्दा रेनु २२६ मतले अगाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

भरतपुरमा एमालेका सुवेदी भन्दा रेनु २२६ मतले अगाडि



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अगाडी छिन् ।

१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १६:०२