रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी जेठ २५ गते आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ । सभा सोही दिन बिहान ११ बजेदेखि काठमाडौंको ज्ञानेश्वरस्थित लिसारा बैंक्वेटमा बस्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने लगाएतका सामान्य प्रस्ताव पारित गर्ने छ । आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्तिलाई अनुमोदन गर्ने छ । बोर्ड सदस्यहरूको चयन गर्ने, हकप्रद शेयर जारी गर्ने,पुँजी बृद्धि गर्ने बिषयमा विषेश प्रस्तावमाथि छलफल गर्ने जनाएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार ११:४३