कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना म्युचुअल फण्ड निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना म्युचुअल फण्ड निष्काशन गर्ने



काठमाडौं । कुमारी क्यापिटल लिमिटेड अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले कुमारी धनवृद्धि योजना निष्काशनमा ल्याउन लागेको हो।

उक्त योजनाको इकाईका लागि जेठ १२ गतेदेखि आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेट २६ गतेसम्म आवेदन म्याद थप गर्न सकिने क्यापिटलले जनाएको छ ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो। कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार ११:०४