विन नेपाल लघुवित्तको लाभांश घोषणा,बोनस कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विन नेपाल लघुवित्तको लाभांश घोषणा,बोनस कति ?



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

संचालक समितिको बैठकबाट साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चा कायम रहेको ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँमा आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर दिने भएको छ ।

त्यसैगरी, कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १०:४९