यस्तो छ भरतपुर र पोखरा महानगरपालिकाको पछिल्लो अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

यस्तो छ भरतपुर र पोखरा महानगरपालिकाको पछिल्लो अवस्था



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उमेदवार विजय सुवेदीले ३९४४ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले ३८९४ मत ल्याएर पछ्याई राखेकी छन् ।

यता, पोखरा महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेदवार (नेकपा एस) का धनराज आचार्यले ४२४० मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले ३८७४ मत प्राप्त गरेका छन् ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार १२:४८