काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित तीन हजार भन्दा बढी मतले पछाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित तीन हजार भन्दा बढी मतले पछाडि



काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । उनले झन्डै दोब्बर बढी मत ल्याएका छन्।

वडा नम्बर १,२,३, ४, ५,६, ३१ र ३२ को मतगणना भइहँदा बालेनले ६६९२ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ३५६२ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ३१२६ मत पाएकी छन्।

अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने अरूको जारी छ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार १२:२१