गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटन



काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरी औपचारिक उद्घाटन गरिएको छ।

नेपाल वायुसेवा निगम (नेवानी) को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेको थियो । त्यसैगरी, दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेको विमानस्थल कार्यालयले बताएको छ। योसँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार ०९:१८