विन नेपाल लघुवित्तले जेष्ठ २० गते डाक्यो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विन नेपाल लघुवित्तले जेष्ठ २० गते डाक्यो साधारण सभा



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७औँ वार्षिक साधारणसभा गर्ने भएको छ । बैठक आगामी २० गते सिन्धुपाल्चोकको श्री इन्द्रावती सामुदायिक सेवा केन्द्रस्थित फाटकशिलामा हुने भएको हो ।

साधारणसभाले आर्थिक वर्षको लागि ९.८३ प्रतिशत लाभांश अनुमोदन गर्ने जनाएको छ । त्यसैगरी कम्पनीको चुक्ता पुँजीबाट ९ दशमलव ३३ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साधारणसभाले संस्थापकबाट ४ जना र सर्वसाधारण शेयरधनीबाट २ जना सञ्चालक समेत चयन गर्नेछ ।

साथै साधारणसभाले सर्वसाधारणका लागि एफपीओ जारी गर्ने विषयमा पनि छलफल गर्नेछ जनाएको छ । कम्पनीले शेयरधनी संरचनालाई ७०ः३० मा परिणत गर्ने योजना बनाएको छ ।

प्रकाशित : १ जेष्ठ २०७९, आईतवार १३:०६