सुनको मुल्य तोलामा एक हजार ३०० सय रुपैयाँले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा एक हजार ३०० सय रुपैयाँले गिरावट



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । गतसाता सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार ३०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । गत साता चाँदीको मूल्य प्रतितोला १२५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १ जेष्ठ २०७९, आईतवार ११:२१