चितवनको राप्ती र इच्छाकामना गाउँपालिकामा एमालेको अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

चितवनको राप्ती र इच्छाकामना गाउँपालिकामा एमालेको अग्रता



काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकाको प्रमुखमा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ। चितवनको इच्छाकामना गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

वडा नं. १ को ६०० मत गणना गर्दा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार दान बहादुर गुरुङले २८४ मत पाएका छन् । सत्ता गठवन्धनबाट कांग्रेस उम्मेदवार गीताकुमारी गुरुङले २६० मत ल्याएकी छिन् ।

राप्तीमा आठ सय मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेलले ४४२ मत ल्याएका छन् । यस्तै एकीकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन्।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार ११:३१