नागरिक लगानी कोषको नाफा ४ प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक लगानी कोषको नाफा ४ प्रतिशत बढ्यो



काठमाडौं । नागरिक लगानी कोषको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा भएको छ। गत वर्ष चैतसम्ममा ५९ करोड नाफा कमाएको थियो । यसपटक नाफा मात्रै ४ प्रतिशतले बढेको छ।

कोषको आम्दानीमा पनि लगभग यस्तै दरमा वृद्धि भएको छ। कुल आम्दानी ९९ करोडबाट बढेर १ अर्ब ३ करोड रूपैयाँ पुगेको छ। कोषले बैंकमा राखेको निक्षेपबाट १४ करोड ब्याज आम्दानी, कोषका ग्राहकहरूलाई दिएको सेवावापतको शुल्क र कमिशनबाट ८८ करोड र अन्यमा ४ लाख रूपैयाँ आम्दानी गरेको छ।

कोषले बैंकमा १ खर्ब ७ अर्ब रूपैयाँ मुद्दति निक्षेप राखेको छ। २२ अर्ब रूपैयाँ बचतकर्ताहरूमा कर्जा लगानी गरेको छ भने १६ अर्ब ६५ करोड रूपैयाँ सेयर लगानी छ। बचतकर्ताहरूलाई नै आवास कर्जा लगायतमा ३८ अर्ब लगानी गरेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ८६ रूपैयाँ र प्रतिसेयर वार्षिक आम्दानी २७ रूपैयाँ छ। बजारमा कोषको सेयर प्रतिकित्ता २८ सय रूपैयाँ हाराहारी कारोबार भइरहेको छ। कोषसँग १ अर्ब २६ करोड रूपैयाँ सेयर प्रिमियम छ।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार १६:५७