नेशनल माइक्रोफाइनान्सले ७९ हजार ८७३ शेयर लिलामी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल माइक्रोफाइनान्सले ७९ हजार ८७३ शेयर लिलामी गर्दै



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । विद्यमान संस्थापकले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर लिलामी गर्दैछन् ।

लिलामी वैशाख २९ गते देखि असार १ गते खुल्ला हुनेछ । सेयर लिलामीका लागि न्यूनतम परिमाण १०० कित्ता भए पनि माथिल्लो सीमा तोकिएको छैन । तर, बोलपत्रदाताले नेपाल राष्ट्र बैंकले तोकिएको सेयर प्रति संस्थाको तोकिएको परिमाणभन्दा बढी नहुने नियम पालना गर्नुपर्नेछ। राष्ट्रिय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रवर्द्धक शेयर लिलामीका लागि न्यूनतम बोलपत्र दर १००० हो ।

लिलामी प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । बोलपत्र लिलामी प्रबन्धकको प्रांगणमा असार २ गते सो दिन बिहान १० बजेदेखि खोलिनेछ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार १३:३८