बीमा कम्पनीहरुलाई साताको दुई दिन बिदा दिन निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा कम्पनीहरुलाई साताको दुई दिन बिदा दिन निर्देशन



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साताको दुई दिन बिदा दिन निर्देशन दिएको छ । समितिले आज एक परिपत्र मार्फत बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

सरकारले गरेको निर्णय अनसार बीमा कम्पनीहरुलाई हप्ताको दुई दिन(शनिबार र आईबातर) बिदा दिने निर्देशन दिएको हो । आज राजपत्रमा समेत दुई दिन बिदा र कार्यालय समयअवधि थप गर्न उल्लेख भईसकेको छ ।

जेठ १ देखि बिहान ९ः३० बजेबाट अपरान्ह ५ः३० बजेसम्म कार्यालय समय राजपत्रमा तोकिएको छ।तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ४ः३० बजेसम्म रहने उल्लेख छ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलवार २२:२३