एक सातामा बैंकहरुमा ६ अर्बको निक्षेप थपियो, कर्जा लगानी भने घट्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक सातामा बैंकहरुमा ६ अर्बको निक्षेप थपियो, कर्जा लगानी भने घट्दै



काठमाडौं । पछिल्लो साता बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ । वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा ६ अर्ब रुपैयाँले निक्षेप बढेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमा ६ अर्ब रुपैयाँले निक्षेप थपिएको देखिन्छ । बैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा उक्त निक्षेप बढेर बैशाख २३ गतेसम्म आइपुग्दा ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।

बैशाख महिनादेखि निरन्तर घटेको निक्षेप पछिल्लो साता भने करिब ६ अर्ब रुपैयाँले बढेको छ ।

यता, वाणिज्य बैंकहरुले पछिल्लो साता कर्जा प्रवाह भने घटाएका छन् ।बैशाख १६ गतेदेखि २३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको हो । बैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

उक्त कर्जा प्रवाह घटेर बैशाख २३ गतेसम्म आइपुग्दा ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ । संघका अनुसार कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ९०.८१ प्रतिशत पुगेको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार १६:१३