निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक, सवारीसाधन नचलाउन निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक, सवारीसाधन नचलाउन निर्देशन



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ ।

कार्यालयले आइतबार सूचना जारी गर्दै अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीरवितरणमा रोक लगाउने निर्णय गरेको हो ।

यस्तै प्रशासनले निर्वाचनको दिन अत्यावश्यक सेवामा संचालित र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म नचलाउन निर्देशन दिएको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार १२:५१