काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्धिगणेश माध्यमिक बिध्यालय परिसरमा भएको यस कार्यक्रममा बैकका चौतार शाखा प्रबन्धक सम्पुण गिरिको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु पर्ने। ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र बिद्युतीय कारोवार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आफ्नो प्रस्तुति मार्फत प्रष्ट पारे ।
दोस्रो सत्रमा सोही बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धी जानकारी गराए ।
सय जना भन्दा बढीको उपस्थिति रहेको उक्त साक्षरता कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागि भएका थिए । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा बैंकका प्रबन्धक गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बिमा सुबिधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराउंदै बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताएका छन् ।
त्यसै गरी नेपाल राष्ट्र बैंको निर्देशन बमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिबद्ध रहेको कुरामा थप प्रष्ट पार्दै उनले सहभागिहरुलाई धन्यवाद दिए । सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले संचालन गरेका थिए ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
Comment