वैशाख ३० गते आन्तरिक हवाई उडान बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

वैशाख ३० गते आन्तरिक हवाई उडान बन्द हुने



काठमाडौं । स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते आन्तरिक रुपमा संञ्चालन हुुने हवाई उडान बन्द हुने भएको छ । निर्वाचन आयोगको २२ गतेको निर्णय अनुसार वैशाख ३० गते शुक्रबारका दिन आन्तरिक उडान बन्द हुनेछन् वायुसेवा संचालक संघले जनाएको छ ।

आयोगका अनुसार उक्त दिन सबै प्रकारका यातायात बन्द हुने भनेकाले हवाई उडान पनि बन्द हुने भएको हो ।

त्यसदिन मानवीय उद्धार सहायताउडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेक अन्य सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । जसले गर्दा नियमित आन्तरिक उडानहरु बन्द रहने संघले जनाएकाे छ ।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार १२:३९