सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र विक्री मिति ढिलो अवधिसम्म लम्बियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र विक्री मिति ढिलो अवधिसम्म लम्बियो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि विक्री खुला गरेको ऋणपत्र विक्रीको मिति ढिलो अवधिसम्म लम्ब्याएको छ ।

बैंकले छिटो अवधि वैशाख २५ गतेसम्म माग बमोजिम आवेदन नपर्ने देखिएकाले ढिलो अवधि जेठ ४ गतेसम्म विक्री खुला गर्ने जानकारी दिएको हो ।

बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदर ‘१०।५० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामको ऋणपत्र विक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब २० करोड बराबरको २२ लाख ऋणपत्र विक्री गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये रू.८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता ९१० हजार कित्ता सामूहिक लगानीकोषलाई समेत० सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू। १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा विक्री गरिनेछ ।

इच्छुक खरीदकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आवेदकहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार ११:४७