रिलायन्स फाइनान्सकाे बुटवलमा नयाँ शाखा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

रिलायन्स फाइनान्सकाे बुटवलमा नयाँ शाखा सञ्चालनमा



काठमाडौंं । रिलायन्स फाइनान्सले नयाँ शाखा सञ्चालनमा ल्याएको छ। फाइनान्सले रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका वडा नं. ६ अमरपथमा २१ औं शाखा कार्यालय संञ्चालन गरेको हो ।

संस्थाले राष्ट्र बैकबाट “ग” बर्गको वित्तीय कारोबार गर्ने इजाजतपाएको छ ।

यस संस्थाको प्रधान कार्यलय छ भने न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा र मणीग्राम रुपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई ई बैंकिङ, एससिटी नेटवर्कमा एटीएम, रेमिटेन्स सेवा, सीआस्वा, आइपीएस कनेक्टलगायतका सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार १०:४८