चुनावका दिन सार्वजनिक सवारी नचल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चुनावका दिन सार्वजनिक सवारी नचल्ने



काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आन्तरिक उडान बन्द हुने भएको छ। यसदिन अत्यावश्यक बाहेकका सवारी साधन पनि चलाउन नपाईने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बैशाख ३० गते आन्तरिक उडान समेत बन्द हुने भएको छ । यस दिन अन्तर्राष्ट्रिय उडान भने सञ्चालन हुनेछन् । जसको सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । यस दिन यात्रा गर्ने यात्रुले हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा यात्रा गर्न पाइनेछ ।

आयोगका अनुसार एम्बुलेन्स, पानीको ट्याङकर, दमकल, दुरसञ्चार सेवा, शवबहान, अस्पताल सेवा, विजुली सेवाका लागि अनुमति लिनु पर्ने छैन । पर्यटकले नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले पास लिएर यात्रा गर्न पाउने भएका छन् ।

त्यस्तै, आफै हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म आवतजावत गर्न मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न सकिने छ । त्यस्ता सवारी साधनमा अशक्त व्यक्ति र सहयोगका लागि उनको साथमा एकाघरको एक जना व्यक्ति मात्र रहन सक्ने आयोगले जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार १८:१०