प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई नियुक्त



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितको वैशाख २२ गते बसेको प्रसाईंलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

संञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि लागू हुने गरी प्रसाईंलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा समितिको स्वीकृति पश्चात प्रसाईंले कम्पनीको नेतृत्व समाहल्नेछन् । प्रसाईंसंग ७ महिना नेपाल लाइफ इन्स्योरेन्सको सीईओ रूपमा काम गरेको अनुभव रहेको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार १७:५१