अप्पर सोलु हाइड्रोको आईपीओ निष्कासन,कति कित्तासम्म भर्न पाइन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अप्पर सोलु हाइड्रोको आईपीओ निष्कासन,कति कित्तासम्म भर्न पाइन्छ ?



काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज ९बैशाख २२ गते० देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले स्थानीयका लागि रू.१३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

यो आईपीओ छिटोमा जेठ ५ गतेसम्म विक्रीमा रहनेछ भने योे अवधिसम्म आवेदन नपरेमा ढिलोमा जेठ २० गतेसम्म विक्री खुला हुने मिति तय भएको छ ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २२ बैशाख २०७९, बिहीबार ११:०६