ब्याजदर अझै बढ्छ, त्यसका लागि सबै तयार हुनुस् : गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ब्याजदर अझै बढ्छ, त्यसका लागि सबै तयार हुनुस् : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्ने बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा बोल्दै उनले ब्याजदर बढ्ने बताएका हुन् ।

उनले वाह्य क्षेत्रमा देखिएको समस्या समाधान पनि चुनौतिको विषय रहेको बताए । उनले अहिलेको अर्थतन्त्र सुधारका लागि ब्याजदर वृद्धि आवश्यक रहेको व्यक्त गरे ।

तत्कालका लागि आयातमा प्रतिबन्ध लगाउने र एलसीमा नगद मार्जिन राख्नेजस्ता केही अस्थायी औजारको प्रयोग गरेका छौँ,” उनले भने, “ यी औजारहरु भनेको सीमित अवधिका लागि हुन्, सधैँको लागि होइन । हामीले प्रयोग गर्ने प्रमुख मौद्रिक औजार भनेको नीतिगत ब्याजदर नै हो । नीतिगत निर्णय गर्दा ब्याजदरलाई हेर्नैपर्ने हुन्छ, त्यसले बजारमा ब्याजदर थप बढ्न सक्छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार १८:११