सेञ्चुरी कमर्शियल बैंकको ऋणपत्र निष्कासनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेञ्चुरी कमर्शियल बैंकको ऋणपत्र निष्कासनमा



काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गते आजदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदर ‘१०.५० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामको ऋणपत्र कार्यालय अवधिपश्चात् निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये रू. ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी रू. १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा बिक्री गरिनेछ ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पनि बैंकले १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

यो ऋणपत्र छिटोमा वैशाख २५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ४ गतेसम्म विक्रीको मिति तय भएको छ । इच्छुक खरीदकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार ११:०८