हिमालयन बैंकको लाभांश तत्काल खुलाउन अदालतकाे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकको लाभांश तत्काल खुलाउन अदालतकाे निर्देशन



काठमाडौं । उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको रोक तत्काल खुलाउन निर्देशन दिएको हो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त निर्देशन विरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट २१.३८५ बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो ।

प्रकाशित : २० बैशाख २०७९, मंगलवार १२:३६