राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली २०७७ मा संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली २०७७ मा संशोधन



काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली २०७७ मा संशोधन गरेको छ । सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले संशोधित नियमावली कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र लिई मनिचेञ्जरको कारोबार गर्ने कम्पनीलाई इजाजतपत्र प्रदान गर्ने एवम् तिनीहरूको निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमहरू बनाएको छ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलवार १०:५८