गैरकानुनी कार्य बन्द गर्न नासा ईन्भेष्टमेन्टलाई धितोपत्र बोडको पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गैरकानुनी कार्य बन्द गर्न नासा ईन्भेष्टमेन्टलाई धितोपत्र बोडको पत्र



काठमाडौं । नासा ईन्भेष्टमेन्ट प्रा.लि लाई अनुमति नलिई धितोपत्र व्यवसाय सम्बन्धी कार्य गरेको भन्दै सो कार्य तत्काल बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ ।

भृकुटी चौक, विराटनगर–५, प्रदेश नं. १ स्थित नासा ईन्भेष्टमेन्ट प्रा. लि. ले अनुमति पत्र नलिई डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाता को सहजीकरण गर्ने, शेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श दिने जस्ता कार्यहरु तत्काल बन्द गर्न बोर्डले पत्राचार गरेको हो ।

प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उपर्युक्त कार्यहरु नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाईने भएकोले बोर्डबाट अनुमति पत्र प्राप्त नगरी उल्लेखित कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने बोर्डले जनाएको छ ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार १६:५१