धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न आग्रह



काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न आग्रह गरेको छ ।

बोर्डले एक सुचना जारी गरी बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक सञ्जाल मार्फत लगानीकर्ताहरुलाई विभिन्न प्रलोभन देखाई लगानी गर्न आह्वान गरेको तथा धितोपत्रको दोस्रो बजारको कारोबार र लगानी सम्बन्धी सेवा प्रदान गरेको भन्ने समाचार आइरहेको भन्दै यस्तो आग्रह गरेको हो।

बोर्डले उक्त कम्पनीहरुमा सेवा लिनु अगाडी बोर्डबाट अनुमति लिए/नलिएको यकिन गरेर मात्रै लगानी गर्न तथा सेवा लिन आग्रह गरेको छ ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार १३:३२