कास्कीको बगरमा बैंक अफ काठमाण्डूको नयाँ शाखा संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कास्कीको बगरमा बैंक अफ काठमाण्डूको नयाँ शाखा संचालनमा



काठमाडौं । बैंक अफ काठमाण्डूको पोखरा महानगरपालिका बगरस्थित बगर शाखा संचालनमा आएको छ ।

बैशाख १५ गते बिहिबार एक समारोहका बिच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल र बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा औपचारिक उद्घाटन सम्पन्न गरेका हुन् ।

उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए।

साथै, बैंकले यस गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिए ।

बैंक अफ काठमाण्डूको ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरू रहेका छन् ।

बैंकलेअगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार १४:२३