राष्ट्रिय सहकारी बैकद्वारा बचत र कर्जामा दिने ब्याजदर निर्धारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैकद्वारा बचत र कर्जामा दिने ब्याजदर निर्धारण



काठमाडौं । राष्ट्रिय सहकारी बैक लिमिटेडले बैशाख १५ गते (आज) बाट लागु हुनेगरी बचत तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत तर्फ ४.५० प्रतिशत देखि १३.५० प्रतिशतसम्म र कर्जातर्फ ११ प्रतिशत देखि १३.७५ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको हो ।

लघुवित्त कर्जा, गरिबी निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्थाको बर्गीकरणको आधारमा ०.५० प्रतिशत फरक गरिने जनाएको छ ।

त्यसैगरी मुद्दती निक्षेपको बिड रेट १३.५० प्रतिशतसम्म प्रस्ताव गर्न सकिने छ र महिला, अपांग,दलितद्वारा संचालित संस्थालाई एक चोटीमात्र उक्त ब्याजदरमा ०.५ प्रतिशत सम्म थपघट गर्न सकिने व्यबस्था गरेको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार १४:०६