सिवाइसी लघुवित्तको आईपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिवाइसी लघुवित्तको आईपीओ बाँडफाँट



काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट भएको हो।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यस अनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको छ ।

त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३६ हजार ९४८ जनाले शेयर पाएका छन् । बाँकी रहेको ८ कित्ता शेयर त्यसमध्येबाट १० कित्ता भन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार ११:२२