अर्थतन्त्रको लक्षण राम्रो नरहेको पुर्व गभर्नर रावलको दावी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थतन्त्रको लक्षण राम्रो नरहेको पुर्व गभर्नर रावलको दावी



काठमाठडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले अहिले अर्थतन्त्रको लक्षण राम्रो नरहेको बताएका छन् । बुधबार राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै अर्थतन्त्र समस्या रहेको र दुर्घटनामा जान सक्ने बताएका हुन् ।

यो समस्या हाम्रा्े देशमा मात्र नभएर विश्वव्यापी रुपमा आएको उनले बताए । ‘अर्थतन्त्र समस्या त छ, तर कुनै एक प्रधानमन्त्री, अर्थमन्त्री, पार्टीका नेताका समस्यामा परेको होइन’ उनले भने, ‘राष्ट्र बैंकले केही गर्न सकेन भन्ने कुरा पनि गलत हो, अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको होइन ।’

बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेको र यसले अर्थतन्त्र दुर्घटना उन्मुख बनेको बताए । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने उनले बताए ।

बजेटभन्दा व्यापारघाटा धेरै भएको भन्दै उनले अब उत्पादनमा जोडदिनुपर्ने बताए । साथै गर्भनरको निलम्बनको बिषयमा उनले २० वर्षअघि आफूलाई जुन अबस्थामा पुर्याएर पुन अदालतले न्याए दिएर आफ्नो ठाउमा फर्कायो सोहि न्याय महाप्रसाद अधिकारीले पनि पाएको बताए ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार १८:३३