काठमाडौं । प्रभु बैंकले काठमाडौं र वीरगञ्जमा सञ्चालनमा रहेका दुई शाखालाई अन्य शाखामा गाभ्ने भएको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी शाखालाई टेकु शाखामा समायोजन गरिनेछ । त्यसैगरी वीरगञ्ज महानगरपालिकामा रहेको लिंकरोड शाखालाई वीरगञ्ज शाखामा गाभिने भएको छ ।
दुवै शाखाको कारोबार आगामी मंसिर २४ गतेदेखि सम्बन्धित शाखामा समायोजन भएर सञ्चालन हुने बैंकले जनाएको छ ।
महानगरपालिकाभित्र रहेका बैंकका शाखा कार्यालयलाई आपसमा समायोजन वा एकीकरण गर्दा नेपाल राष्ट्र बैंकको छुट्टै स्वीकृति लिनुनपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रभु बैंकले एउटै महानगरपालिकाभित्र रहेका दुई–दुई शाखालाई समायोजन गर्न लागेको हो ।










Comment