सरकारले मोटरसाइकलदेखि मदिरासम्मको आयातमा प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारले मोटरसाइकलदेखि मदिरासम्मको आयातमा प्रतिबन्ध



काठमाडौं । आयात कम गर्न सरकारले विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गर्दै उक्त बस्तुको आयात आगामी असार मशान्तसम्मको लागि रोक लगाइएको जनाएकाे छ ।

  कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, चुरोट तथा सूर्तीजन्य पदार्थ, हिरामा आयात बन्देज लगाइएको राजपत्रमा उल्लेख छ । यस्तै ६ सय डलरभन्दा माथीका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका टेलिभिजन, जिप कार तथा भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल पनि असारसम्म आयात गर्न पाइने छैन ।

उच्च दरले आयात बढ्दै गएको कारण विदेशि विनिमय सञ्चिति घट्दै गएपनि अत्यावश्यक नरहेका बस्ततुहरुको आयातमा कडाई गरेको हो।

मन्त्रालयका अनुसार पैठारीमा बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले पैठारी गर्न बाधा पर्ने छैन । साथै वैशाख १३ गतेभन्दा अघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयको जनाएको छ ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार ११:१२