चाँदीको गरगहनासहित दुई जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चाँदीको गरगहनासहित दुई जना पक्राउ



काठमाडौं । प्रहरीले लहानको अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई चाँदीका विभिन्न गरगहना सहित आइतबार पक्राउ गरेको छ ।

प्रहरीले भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको गरगहना पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका ९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त होटल एण्ड लज तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गरगहनाहरु फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलवार १२:२६