गभर्नर अधिकारीको मुद्दामा सुनुवाइ हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

गभर्नर अधिकारीको मुद्दामा सुनुवाइ हुँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सुनुवाइ हुदैछ । सर्बोच्च अदालतका न्यायाधीश हरि फुयालले अल्पकालिन अन्तरिम आदेश दिदै वैशाख १३ गते बुधबार छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।

सरकारले छानवीन समिति बनाएर निलम्बन गरेपछी गभर्नर अधिकारीले सर्बोच्च अदालतमा मुद्दा हालेका थिए ।

अल्पकालीन आदेशमा गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु र काम गर्न नरोक्नु भनिएको थियो । आजको इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिए गभर्नर बहाल रहनेछन् ।

यदि निरन्तरता नदिए उनको निलम्बन कायम हुनेछ । तर, अर्थमन्त्री शर्माले लगाएको आरोपले सार्थकता नपाउँने र गभर्नर बहालै रहने कतिपयको आकलन छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलवार ११:०६