नेप्सेमा उच्च अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेप्सेमा उच्च अंकको गिरावट



काठमान्डाै‌ । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार एकैदिन ९५ अंकको उछाल आएको नेप्से आज करिब ३५ अंकले घटेको छ ।

लामो समयदेखि घट्दो क्रममा रहेको बजारमा विक्री चाप बढ्दा नेप्सेको उछाल एक दिन पनि टिकेन । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोडले घटेर २ अर्बमा सीमित भएको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा आइपुगेको छ । यसदिन २३९ कम्पनीको २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल र म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ ।

आज करोबारमा आएको २३९ कम्पनीमध्ये ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट साढे ६ करोड र हिमालयन डिस्ट्रीलरी ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा जाल्पा लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज सेन्टर फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.३३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, रसुवागढी ४.८०, न्यादी हाइड्रोपावर ४.७२, सामलिङ पावर, हिमालयन ऊर्जा र गोर्खा फाइनान्सको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार १५:३६