सुनचाँदीको मुल्यमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा गिरावट



काठमाडौं । सोमबार सुनको मुल्य तोलामा ३०० सय रुपैयाले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २०० सय रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला एक लाख ५०० सय रुपैंयामा कारोबार भएको थियो ।आज तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ७०० सय रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : 25 April, 2022 11:18 am