सुनको मुल्य स्थिर, चाँदीको भने घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीको भने घट्याे



काठमाडौं । शुक्रबार सुनको मुल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९०० सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन पनि छापावाल सुनको सोहि मुल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मुल्य प्रतितोला एक लाख ४०० सय रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मुल्यमा भने आज २० रुपैंयाले गिरावट आएको छ । आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार ११:१७