अपर सोलु हाइड्रो कम्पनीले आइपिओ निष्कासन गदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अपर सोलु हाइड्रो कम्पनीले आइपिओ निष्कासन गदै



काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपिओ जारी गर्न अनुमति पाएको छ। कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने भएको हो।

कम्पनीकाे चुक्ता पुँजीको २४.५० प्रतिशत आइपिओ जारी गर्न दिएको निवेदन नेपाल धितोपत्र बोर्डले वैशाख ७ गते बुधबार अनुमति दिएको हो।

अपर सोलु हाइड्रोले पहिलो चरणमा स्थानीय र त्यसपछि अन्य सर्वसाधारणहरूको लागि सेयर जारी गर्ने भएको हो।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

प्रकाशित : ८ बैशाख २०७९, बिहीबार १६:२९