सुनको मुल्यमा बृद्धि, चाँदीको भने सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा बृद्धि, चाँदीको भने सामान्य गिरावट



काठमाडौं । सुनको मुल्य बिहिबार तोलामा ३०० सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने तोलामा पाँच रुपैयाँले गिरावट आएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ९०० सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मुल्य प्रतितोला एक लाख ६०० सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०७९, बिहीबार ११:२९