कालिका लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कालिका लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । सोमबार कालिका लघुवित्त वित्तिय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सूचीकृत भएको छ। नेप्सेमा लघुवित्तको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता सूचीकृत भएको हो ।

लघुवित्तले साधारण सभा तथा लाभांस प्रयोजनका लागि गत पुस २१ गते बुक क्लोज मिति तय गरेको थियो । तसर्थ पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन्।

प्रकाशित : ६ बैशाख २०७९, मंगलवार १५:४७