नेप्से ४१.७७ अंकले बृद्धि, दुई कम्पनीको शेयरमुल्यमा सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेप्से ४१.७७ अंकले बृद्धि, दुई कम्पनीको शेयरमुल्यमा सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.३७ अंकले बढेर दुई हजार ३ सय ५७ दशमलब २५ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका मध्ये १२५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५१ कम्पनीकोे शेयरमूल्य घटेको छ । त्यसैगरी १९ कम्पनीको शेयर मुल्य स्थीर रहेको छ । यसमध्ये आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३०११.४० रुपैयाँ पुगेको छ र ग्रीन भेञ्चर लिमिटेडको शेयर पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २९८.२० रुपैयाँ पुगेर सर्किट लेभलमा कारोबार भएको छ ।

नेप्सेका अनुसार आज दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ८.८२ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ६ करोड ३० लाख ६७ हजार भन्दा बढीको कारोबार भएको छ

प्रकाशित : ६ बैशाख २०७९, मंगलवार १५:३२