सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, साधारणसभाकाे मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, साधारणसभाकाे मिति तय



काठमाडौं । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश स्वीकृत गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित १.०५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीको बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी बैशाख २८ गते २५ औ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । प्रस्तावित लाभांश बैशाख २५ गतेको साधारणसभाले स्वीकृत गरेपछि मात्रै शेयरधनीहरुले पाउने छन् ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलवार १३:४२