उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलद्धारा अर्थमन्त्री र उद्योग मन्त्री बिच भेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलद्धारा अर्थमन्त्री र उद्योग मन्त्री बिच भेट



काठमाडौं । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटी आर्थिक बर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव पेश गरेको छ ।

प्रतिनिधि मण्डललमा अध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, ईन्द्र खत्री राजन, पारस लुनिया, पूर्व अध्यक्ष मुकेश उपाध्याय, अध्यक्षका सल्लाहकार सोमनाथ अधिकारी र महानिर्देशक चुडामणि भट्टराईको सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष प्याकुरेलले चालू आर्थिक बर्ष २०७८ ̷ ७९ को बजेटमा उद्योग व्यवसाय क्षेत्रको हितलाई ध्यानमा राखी नेपाल सरकारले समावेश गरेका तर कार्यान्वयनमा नआएका बिषयहरुलाई समेत समेटि तयार पारेको आ.व. २०७९ ̷ ८० को बजेटमा समावेश गर्नुपर्ने सुझावहरु प्रस्तुत गर्दै प्राथमिकताका साथ कार्यान्वयन ल्याउन अर्थमन्त्री र उद्योग मन्त्रीलाई आग्रह गरेका थिए ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलवार १२:४३