उद्योगमा दुई खर्ब ६६ अर्ब लगानीको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

उद्योगमा दुई खर्ब ६६ अर्ब लगानीको प्रस्ताव



काठमाडौं । चालु आर्थिक वर्षमा स्वदेशी तथा विदेशीहरुले उद्योगमा २ खर्ब ६६ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव २०७८/७९ को चैत मसान्तसम्म २३२ उद्योगमा २ खर्व ६६ अर्व लगानी प्रस्ताव आएको हो । गत आवको यसै अवधिमा १६९ उद्योगमा १ खर्व ३९ अर्व लगानी प्रस्ताव आएको थियो । साथै, आर्थिक बर्षको सुरुदेखि चैत्र मसान्तसम्म ८६८७ उद्योगमा २५ खर्ब ५० अर्ब लगानी प्रस्ताव आएको थियो ।

विभागका अनुसार चालु आवमा ११४ वटा साना, ३७ वटा मझौला तथा ४ वटा ठूला उद्योग रहेका छन् ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलवार ११:५७